काठमाडौँ, पुस २० – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ।पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।












