आखिर किन हटाइन वर्षाले  इन्स्टाग्रामबाट  संजोगसँगको फोटो ?

प्रकाशित मिति:

२० पुस, काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाबीचको सम्बन्ध धेरैका लागि उदाहरण बन्ने गरेको छ । एकअर्कालाई हरेक पाइलामा साथ दिँदै आएका उनीहरुले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् ।

वर्षा चलचित्रको काममा बढी व्यस्त छिन् भने सञ्जोग आफ्नो व्यवसायमा नै सक्रिय छन् । वर्षा र सञ्जोगको सामाजिक सञ्जाललाई फलो गर्ने हो भने यी दुईले घुमघामका तस्वीरदेखि एकअर्कासँग रमाएका थुप्रै तस्वीर पोष्ट गरेका थिए ।तर, अभिनेत्री वर्षा राउतको इन्स्टाग्रामबाट भने केही दिनयता सञ्जोगसँगका अधिकांश तस्वीर हटेका छन् । वर्षाले सञ्जोगसँग खेलेका विज्ञापनका भिडियो र फोटो बाहेक दुई जनाका अन्य तस्वीर हटाएकी छन् ।

सञ्जोगको इन्स्टाग्राममा भने वर्षासँगका तस्वीर सबै हेर्न सकिन्छ । नेपाली चलचित्रको लभ बर्डको रुपमा चिनिएका वर्षा र सञ्जोगले केही दिनअघि चिया अड्डाको नयाँ शाखा उद्घाटन समारोहमा एकसाथ अन्तर्वार्ता दिएका थिए ।तर, वर्षाको इन्स्टाबाट सञ्जोगसँगका अधिकांश तस्वीर हट्नुले उनीहरुको सम्बन्धमा कतै चिसोपना आएको त होइन भन्ने अड्कल उनीहरुका फ्यानहरुले लगाएका छन् ।