सुरेश छन्त्याल- गलकोट – गलकोटको आकाशमा रमाउने गलकोटे नागरिकको चाहाना पुरा भएको छ । हेलिकप्टरबाट गलकोट क्षेत्र सहित प्रसिद्ध घुम्टेका सिद्ध भैरबको मन्दिर दर्शन गर्ने ब्यबस्था गरि हेलिकप्टर गलकोट ल्याईएको गलकोट खेलकुद तथा सास्कृतिक महोत्सव आयोजकले जनाएको छ । महोत्सवमा आम नागरिकले खोजेको महत्वपुर्ण रुचिको बिषयलाई समेट्ने क्रममा आज हेलिकप्टरबाट दृश्यावलोकन गर्ने ब्यबस्था गरीएको हेलिकप्टर संयोजक हरि खत्रीले बताउनुभयो ।
महोत्सवमा दर्शकको रोजाई तथा माग अनुसार हेलिकप्टरबाट गलकोट क्षेत्रको दृश्याबलोकन गर्ने अवसर प्रदान गर्न कैलाश हेलिकप्टर गलकोट ल्याईएको खत्रीको भनाई छ । सोमवार देखी निरन्तर रुपमा फ्लाईट हुने भनेको भएपनि मौशम प्रतिकुलताका कारण हेलिकप्टर उडान रोकिएको थियो ।
आज १ सय जनाभन्दा वढि नागरीकले हेलिकप्टरवाट कालिलेक हुदै घुम्टे दर्शनको उडान गरेको कैलाश हेलिकप्टरले जनाएको छ । दर्शकको संङख्याको आधारमा गलकोटको कालिलेक हुदैं घुम्टे दर्शन तथा ढोरपाटनको उडान को व्यबस्था गरिएको आयोजकले जनाएको छ । महोत्सबको बिशेष आर्कषणको रुपमा रहेको हेलिकप्टरबाट कालिलेख, घुम्टे हुदै गलकोटको दृश्यावलोकन गर्न पाउदा निकै आनन्दित महशुष गरेको थम्मन थापा सन्देशले वताउनुभयो । त्यस्तै भोलि पनि हेलिकप्टरबाट अबलोकन हुने भएकाले टिकट बुकिङ गर्नुभएका यात्रुले हेलिकप्टर संयोजक हरि खत्री सम्पर्क गर्न अनुरोध समेत गरीएको छ ।












