काठमाडौं, पुस २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार मन्त्री र मन्त्रालयका सचिवहरुलार्इं राखेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै सुशासन प्रवर्द्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।प्रधानमन्त्रीले भारत भ्रमण गर्नुअघि मन्त्री र सचिवहरुसँग छलफल गरेका हुन्।












