तिलोत्तमा, २२ पुस । तिलोत्तमा चेम्बर अफ कमर्श (ब्यापार संघ) को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिािरेले उदघाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले अन्तरपालिका समन्वय गरेर विकासमा सहकार्य गर्न सकिने धारणा राखे ।स्थानीय तहले छिमेकी पालिकासँग सहकार्य गरी विकासमा अगाडि बढ्ने हो भने आपसी सम्बन्ध पनि बढ्ने र विकासका क्षेत्रमा ठूलो सफलता हासिल गर्न सकिने बताए ।नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारले लिएको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्र अगाडि बढेको बताए ।
संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झविन्द्र प्रसाद कंडेलले स्थानीय तहले विकासमा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै व्यावसायिक हक हित र सुरक्षामा पनि सरकार संवेदनशील बन्नुपर्ने बताए ।
संघका अध्यक्ष बाबुलाल भुसालले घरबहालको समस्या र बढदो बैंक व्याजका समस्या यथावत रहेको भन्दै यसको समाधानका लागि संघले पहल गरिरहेको बताए ।
अध्यक्ष भुसालले संघले आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष.२०७८÷०७९ को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै उनले व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउदै लैजाने जानकारी गराए ।कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्य, संघका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बराल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष बाबुराम कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले आगामी वर्षको प्रतिवेदन पारित गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।












