रगतको अभाव हुन नदिन ‘दुधराक्ष क्लब’द्धारा बृहत रक्तदान,५५ युनिट रगत संकलन
सुरेश परियार,पुष २३ गते- अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना वडा न.६मा रहको दुक्षराक्ष युवा क्लबको आयोजनामा शुक्रबार(आज)रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी रक्तसंञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको बृहत रक्तदानबाट ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक चिरञ्जीवि (बाबुराम) घिमिरेले जानकारी दिए ।
सैनामैना वडा न.६ स्थित कालमोचन मन्दिरको प्राङगणमा भएको कार्यक्रम क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता तथा सैनामैना वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।सोही अवसरमा बोल्दै सैनामैना नगरपालिका वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेले रक्तदानले अरुको जिवन बचाउने भएकोले ठूलो भुमिका रहने बताए । रक्तदान महादान भएकोले रक्तदानका लागि सबैलाई प्रेरित गर्न सक्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । जिवनमरणको अवस्थामा पुगेको बिरामीलाई रक्तदान गर्नु महान काम भएको ठोकुवा समेत गरे । युवाहरु संगै सामाजिक क्षेत्रमा समेत उदारणीय काम गर्दै जान क्लबलाई अपिल गर्दै आवश्यक सहयोग वडाबाट भईरहने समेत ठोकुवा अध्यक्ष बसन्त पाण्डे गरे ।
यस्तै,कार्यक्रममा क्लबका अध्यक्ष किरण पोख्रेलले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरुमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।रगतको अभावले बिरामीको अकालमा ज्यान नजाओस र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो,’ क्लबका अध्यक्ष पोख्रेले भने, ‘दुधराक्ष क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ,समय–समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा क्लबका द्धितिय उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा सह सचिब सागर पन्तको सञ्चालनमा सम्पन्न भएको हो ।साथै सोही अवसरमा दुधराक्ष क्लबको प्रेस सल्लाहकारमा रेडियो सैनामैनाका स्टेशन म्यानेजर सुरेश परियारलाई नियुक्ति गरि पत्र प्रदान गरिएको क्लबका सचिब पदम पाण्डेले जानकारी दिए ।












