महेसपुर भन्सारले ५ महिनामा १० करोड राजस्व संकलन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी ।
पश्चिम नवलपरासीमा रहेको महेसपुर भन्सार नाकाले ५ महिनामाको दौरानमा १० करोड बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मंसिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५ सय ५१ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । महेसपुर भन्सार छोटीबाट मुल भन्सार भएपछि राजस्व वृद्धि हुदै गएको देखिएको छ ।

कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैया, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैया, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट ३७ हजार, अन्तशुल्कबाट २३ लाख ८१ हजार, २ सय १५, मुल्य अभिबृद्धि करबाट २ करोड, ६९ लाख, ४९ हजार ७ सय ७८ र आयकरबाट ५ लाख ४३ हजार ४ सय ९७ रुपैया गरि कुल १० करोड, ४२ लाख २८ हजार ५ सय ५१ रुपैया संकलन भएको भन्सारले जनाएको छ । कार्यालयले मंसिर महिनामा मात्र १ करोड, ४९ लाख ३८ हजार ७०३ रुपैया राजस्व संकलन गरेको छ ।

यस नाकाबाट पश्चिम नवलपरासी, पुर्वी नवलपरासी, चितवन, रुपन्देहीलगायतका जिल्लामा आवश्यक पर्ने खाद्यान्न, कपडालत्ता, भाँडाकुडा, भुँस, कोईला, किराना तथा कास्मेटिकका सरसामानहरुको पैठारी भइरहेको भन्सार कार्यलयले जानकारी दिएको छ ।