कञच्नमा जारी फुटवल प्रतियोगितामा विजेता बन्यो विश्वशान्ती

प्रकाशित मिति:

२४ पुष, कञ्चन-रुद्रपुर युवा क्लव,कञ्चन(४, रुपन्देहीको आयेजनामा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगितामा सैनामैनाको विश्वशान्ती विजेता बनेको छ। सैनामैनाको विश्वशान्तीले कञ्चनको गौतमबुद्ध सामुदायिक बिकास केन्द्रलाई पेनाल्टी शुटआउटमा पराजित गरी विजेता बनेको हो ।कलवको चौथो बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलको पहिलो हाफको अन्तिम समयमा गौतमबुद्ध सामुदायिक विकास केन्द्रका समिर दगामीले पहिलो गोल गरी आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका थिए । पहिलो हाफ सम्मको प्रतिस्पर्धामा सैनमैनाको विश्वशान्तीले गोल गर्ने सुनौलो मौका पाएको भएपनि उक्त मौकालाई उपयोग गर्न नसक्दा विशवशान्ती पहिलो हाफ सम्म १ शुन्य गोलले पछि परेको थियो ।
५ मिनेटको हाफ टाइम पछि शुरु भएको दोश्रो हाफको खेलमा गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका खेलाडीले टिमको अग्रतालाई कायम राख्न रक्षात्मक खेल खेलनु पर्ने वा थप गोल गर्नु पर्ने दवाव थियो । यस्तै विश्वशान्तीलाई भने १ गोल गरेर भएपनि खेललाई बराबरी बनाउनु पर्ने दवावका बिच दोश्रो हाफको मध्यान्तरमा विश्वशान्तीको तर्फबाट गोल गर्दै खेललाई बराबरी गराउन सफल भएका थिए । निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा दुबै समूहका समर्थकहरुबाट आफ्नो टिमले जसरी पनि जित निकाल्नु पर्ने तिव्र चाहनाका बिच खेल १(१ गोलको बराबरीमा सकिएसंगै खेललाई पेनाल्टी शुटआउटमा गएको थियो ।

रुपन्देही, कपिलबस्तु र नवलपरासीका उत्कृष्ट १६ फुटवल टिमहरुले सहभागिता जनाएको सो प्रतियोगितामा विश्वशान्तीले गौतमबुद्ध सामुदायिक बिकास केन्द्रलाई ३(२ गोल अन्तरले पेनाल्टी शुटआउटमा पराजित गरी विजेता बनेको हो । विजेता बनेसंगै विश्वशान्ती युवा क्लव,सैनामैना १०,रुपन्देहीले नगद ५० हजार रुपैया सहित शिल्ड र मेडल प्राप्त गर्न सफल भएको छ भने उपविजेता भएको गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन५,रुपन्देहीले नगद ३० हजार रुपैया सहित शिल्ड र मेडलमा चित्त बुझाएको छ।यस्तै प्रतियोगिताको अन्तिम ४ मा पुग्न सफल २ टिम मुर्गिया एफ।सी। र हरैया एफ।सीले जनही ५-५ हजार रुपैया प्राप्त गरेका छन।प्रतियोगितामा विजेता तथा उपविजेता टिम सहित सहभागी टिमहरुलाई बधाई तथा पुरस्कार वितरण गर्दै कञ्चन गाउपालिका वडा नं।४ का अध्यक्ष दुर्गासिंह क्षेत्रीले युवाहरुलाई अनुशासित, समाजप्रति जिम्मेवार नागरिक बनाउन, लागु औषध दुव्र्यसनीबाट बचाउन खेलकुद मुख्य साधक हुने विश्वास व्यक्त गर्नु भयो । विभिन्न क्लव तथा संघसंस्थाहरुले आफ्ना सदस्य तथा खेलाडीहरुलाई खेलकुदको माध्यमबाट कञ्चनको समृद्धिका लागि गाउपालिकासंग सहकार्य र समन्वयगरी युवाहरुको व्यक्तित्व र नेतृत्व बिकास तर्फ लाग्नु पर्नेमा वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गासिंह क्षेत्रीले जोड दिनु भयो ।

सोही कार्यक्रममा खेलाडीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वडा नं ४ का वडा सदस्य केशर बहादुर खत्रीले युवाहरुको ईच्छाशक्ती भएमा समाजमा भएका हरेक बिकृति र बिसंगतीलाई जरैदेखि उन्मुलन गर्ने ताकत राख्ने बताउनु भयो । जसरी प्रतियोगितामा जित हासिल गर्न टिम भित्र आपसी समन्वय र एकता कायम गरिन्छ त्यसरी नै समाजलाई बिकासोन्मुख बनाउन युवाहरु बिच एकता र सहकार्य आवस्यक रहने वडा सदस्य खत्रीले बताउनु भयो ।क्लवका अध्यक्ष लोक बहादुर पुनको अध्यक्षता तथा क्लवका सचिव पुरन श्रीसको स्वागतमा सम्पन्न बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमको सञ्चालन क्लवका सदस्य दृष्टि रानाले गर्नु भएको थियो । रुद्रपुर माध्यमिक विधालयको खेल मैदानमा भएको नकआउट खुल्ला फुटवल प्रतियोगिताको संयोजन क्लवका सदस्य लक्षमण बस्नेतले गर्नु भएको थियो।