कञ्चन प्याव्सनद्धारा अनाथ बालबालिकाहरुलाई स्टेशनरी सामाग्री प्रदान

प्रकाशित मिति:

२४ पुष, कञ्चन- ३१औ प्याव्सन डेको अवसरमा अनाथ बालबालिाहरुलाई स्टेशनरी सामाग्री उपलब्ध गराइएको छ। प्याव्सन स्थापना भएको सन्दर्भ पारेर हरेक बर्ष पुष २४ गते विभिन्न कृयाकलापहरु गर्दै आएको छ । यसैक्रममा प्याव्सन कञ्चनले रुद्रपुर बाल आश्रममा रहेका ७ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री स्वरुप कपी र कलम प्रदान गरिएको हो ।

अनाथ बालबालिकाहरुलाइृ प्यावसन कञ्चनको तर्फबाट स्टेशनरी सामाग्री वितरण गर्दै प्यावसन कञ्चनका अध्यक्ष सुरेन्द्र सुवेदीले शिक्षा सबैको साझा अधिकार भएको र बाल आश्रममा रहेका बालबालिकाहरुलाई विधालय शिक्षामा सहजता प्रदान गर्न शैक्षिक सामाग्री उपलब्ध गराइएको बताउनु भयो । यस्तै प्याव्सन कञ्चनका सचिव यमन भण्डारीले शैक्षिक क्षेत्रमा महत्वपुर्ण भुमिका खृल्दै आएको प्याव्सन कञ्चनले प्याव्सन दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रुद्रपुर अनाथ आश्रममा रहेर बिधालय शिक्षा हासिल गरिरहेका बालबालिकाहरुलाई थोरै भएपनि राहत होस भन्ने हेतुले कपी र कलम उपलब्ध गराइएको बताउनु भयो ।

रुद्रपुर अनाथ आश्रमका बालबालिकाहरुलाई स्टेशनरी सामाग्री उपलब्ध गराउने कार्यक्रममा प्याव्सन कञ्चनका पुर्व कोषाध्यक्ष चन्द्र बहादुर राना,सल्लाहकार थम सिंजाली लगायत प्याव्सन कञ्चनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।