प्रदेश सासद अधिकारी पश्चिम नवलपरासीको एमाले अध्यक्षमा निर्वाचित

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पौष २५ गते
नवलपरासी । पश्चिम नवलपरासीमा नेकपा एमाले पश्चिम नवलपरासीको सम्पन्न आठौं जिल्ला अधिवेशनबाट दीपेन्द्र अधिकारी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।निर्वाचित अधिकारीले प्रतिद्धन्द्धी थानप्रसाद गैरेलाई १ सय ४७ मत अन्तरले पराजित गर्दै अध्यक्षमा भएका हुनु भएको छ । सर्वसम्मतका लागि नेताहरुले प्रयास गरेपनि सहमति हुन नसकेपछि दुई समुहले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

पाँच जना पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटीमा ५ जना जिल्ला सदस्य मात्र गैरे समूहले जितेको छन भने अरु सबै अधिकारी समुहले जितेको छ । निर्वाचित पदाधिकारीमा उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज शर्मा बस्याल, उपसचिवमा राजनकुमार आचार्य र महिला उपाध्यक्षमा रिंगला यादव निर्वाचित भएका छन् ।

कुल ५ सय ५७ मतदातामा ५ सय ४४ मत खसेको थियो ।