राष्ट्रिय सभाको बैठक आउँदो माघ ३ गते मात्र बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो ।२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।
