काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेपालको भूभाग लिपुलेक क्षेत्रमा भारतले सडक बनाउने विषयप्रति आपत्ति जनाएको छ ।एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूभागमा सडक बनाउने घोषणा गरेको प्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
लिपुलेक, कालापानी र लिम्पुवाधुरा क्षेत्र नेपालको भूभाग भएकोले सो क्षेत्रमा अन्यदेशले गर्ने गतिबिधि गैरकानुनी हुने र एक सार्भभौम देशलाई त्यो स्वीकार नहुने उल्लेख गरिएको छ ।साथै एकीकृत समाजवादीले लिपुलेक क्षेत्रमा सडक निर्माणको भारतको घोषणाको विरोध गर्दै नेपाल सरकारलाई यस विषयमा आवश्यक कदम चाल्न आग्रह गरेको छ ।












