नारायणहिटी ठेक्का प्रकरण : भेषनारायण दाहालले दिए राजीनामा

प्रकाशित मिति:

२७ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसको भोलिपल्ट मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले बताएको छ । दाहालले पनि सञ्चालन समितिका कार्यकारी निर्देशकबाट राजीनामा दिएको पुष्टि गरे ।