बुटवल , २७ पुष – नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समित तथा दोश्रो लुम्बिनी प्रदेश समितिको निर्वाचनका लागि सिडेनले उम्मेदावरी घोषणा गरेको छ । नेपाली कांग्रेस निकट सिडेनले केन्द्र तथा प्रदेशका आफ्ना उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गर्दै बृहत ईन्जिनियरको भेला समेत गरेको हो । नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय निर्वाचनको लागि लोकतान्त्रिक समुह सिडेनबाट केन्द्रीय अध्यक्षमा डा. हरि बहादुर दर्लामीले उम्मेदवारी घोषणा गरेका छन ।
उपाध्यक्षमा नारायण प्रसाद अधिकारी, महासचिबमा रवि भुषण झा , उपमहासचिबमा सरोज धिताल , कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारीले उम्मेदवारीको घोषणा गरेका हुन । यस्तै केन्द्रीय सदस्यहरुमा सुरज चापागाई , सागर भट्टराई , बिनोद बहादुर पाल , कुशलता न्यांैपाने, अनुपम पराजुली , निशान नेपाल , ईश्वर पोखरेल , मनिष मल्लिक , अशेष निरौंला , हरिनारायण राय यादब , खुम बहादुर भण्डारी र विद्या बरालले उम्मेदवारीको घोषणा गरेका छन ।यस्तै प्रदेशको सभापतिमा शैलेन्द्र प्रसाद श्रेष्ठ , उपसभापतिमा लेख बहादुर बस्नेत ,सचिबमा गोबिन्द प्रंगेनी , सहसचिबमा अर्जुन गिरी , कोषाध्यक्षमा सन्दिप रेग्मी, केन्द्रीय सदस्यमा विश्व रञ्जन मिश्रले उम्मेदावरीको घोषणा गरेका हुन । यस्तै सदस्यहरुमा दर्शन तिवारी ,संकल्प बुढाथोकी , ईश्वर जिसी, प्रविन मिश्र, अर्जुन पाण्डेय, शोएब अहमद अन्सारी ,विनय कुमारी गुप्ता , प्रविन जम्कटेल , आरती देवकोटा ,विद्या भुषालले घोषणा गरेका हुन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरशिहं पुनको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । उनले कार्यक्रममा बोल्दै कांग्रेस लुम्बिनीले चुनावमा मात्र नभएर सधैं कार्यकर्तासँग समन्वयन गर्दै अघि बढ्ने बताएका छन । एसोसिएसनको निर्वाचनमा कांग्रेसले सिडेनलाई सघाउने बताउँदै उनले गर्दै पेशागत हकहित र मर्यादित बनाउनको लागि लोकतान्त्रीक समुहको बिजयी आवश्यकता रहेकोमा जोड दिए ।
नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले विकास निर्माणमा ईन्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै लोकतान्त्रीक संगठन सिडेनले जिते पेशागत हकहित स्थापित हुने दाबी गरे । सिडेनका केन्द्रीय अध्यक्ष उमेश प्रसाद खानीले पेशागत राजनीतिकमा कम्युनिष्टले जितेर कहिल्यै उगो लाग्न नसकेको बताउँदै लोकतन्त्रबादीले जिते मात्र हकअधिकार स्थापित गर्न सकिने बताए ।सिडेनले आफ्नो घोषणा पत्र जारी गर्दै विनाकारण विकास निर्माणका कामको ब्यवस्थापनमा प्रतिकूल असर पर्ने गरी जिम्मेवार पदमा रहेका ईन्जिनियरहरुलाई सरुवा गर्ने परिपाटीको अन्त्यको लागि पहल गर्ने जनाएको छ । २१ हजार ८६० मतदाताहरुको सहभागितामा माघ ७ गते सातवटै प्रदेशमा एशोसिएसनको निर्वाचन हुँदै छ ।











