नवीन विद्यार्थी क्लबद्वारा पृथ्वीनारायण शाहको ३००औ जयन्ती दिप प्रज्वलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल-११ देविनगर स्थित चौपारिमा आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको ३०० औ जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८ को अवसरमा नवीन विद्यार्थी क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

पृथ्वी जयन्ती तथा एकता दिवस मुल आयोजक समितीले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष मधुसूदन नेपाल बिशिस्ट अतिथिहरु क्लब सल्लाहकार शिक्षक अर्जुन खनाल , दिपक ज्ञवाली अतिथिहरु अनेरास्ववियु जिल्ला कमिटी सदस्य साथै लुम्बिनी वाणिज्य क्याम्पस कमिटी अध्यक्ष निरज आचार्य , अनेरास्ववियु जिल्ला सदस्य सन्दीप छेत्री क्लब उपाध्यक्ष रुस्मा छेत्रीले उपस्तिथि जनाएका थिए ।

 

कार्यक्रममा अध्यक्ष पोखरेल ,प्रमुख अतिथि नेपाल , बिशिस्ट अतिथि खनाल ,अतिथि सन्दीप छेत्रीले मन्तव्य राख्दै आधुनिक नेपाल निर्माणमा उल्लेखिय योगदान पुर्याएका पृथ्वीनारायण शाहलाई सधै सम्मान गर्नु पर्ने बताए ।

 

कार्यक्रममा क्लबका सदस्य , स्थानीय ,पत्रकार विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजका अग्रज व्यक्तिलगायतको आतिथ्यता रहेको थियो ।विशाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्लबका एक सदस्य र सञ्चालन क्लबको सचीव जुना परियारले गरेकी थिन ।