सहकारीले सर्वाङ्गिण बिकासमा ठुलो योगदान गरेको छ – नेता खनाल 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
पौष २८ गते 
नवलपरासि 
  सहकारीमार्फत व्यक्ति र समाजको सर्वाङ्गिण बिकासमा ठुलो योगदान गरेको सबिधान सभा सदस्य एव नेपाली काग्रेस लुम्बिनी प्रदेशका महामन्त्री  विक्रम खनालले बताउनु भयो ।
  तिन खम्बे अर्थ निति अन्तर्गतको एउटा महत्त्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी क्षेत्रकै कारण जिडिपिमा ६ प्रतिशत योगदान भएको बताउदै नेता खनालले  अधिकाश ग्रामीण क्षेत्रमा बित्तिय पहुँच सहकारीकै कारण बढेको बताउनु भयो । सहकारीले उत्पादन र उद्यमशिलतामा जोड दिन सके रोजगारीको अवसरमा वृद्धि गर्न सकिने र शेयर सदस्यहरुको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनु भयो ।
 कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै नेफस्कुनका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण नेपालले  सहकारि शेयर सदस्यलाई आत्मनिर्भर र शसक्तिकरण गराउदै आर्थिक रुपान्तरणमा सहकारी जोडिनु पर्ने बताउनु भयो ।
  कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन सचिब दिपक थापा क्षेत्रीले प्रस्तुत गर्दै संचालक समितिले गरेको निणय र प्रस्ताबित निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भयो । सस्थाको आर्थिक प्रतिबेदन कोषध्यक्ष योगेन्द्र भट्टराईले प्रस्तुत गर्दै सस्थाको कुल ४७ करोड ८८ लाख ४३ हजार ६ सय ९ रुपैया बराबरको वासलात  विवरण प्रस्तुत गर्दै सस्थाले आर्थिक बर्ष ०७७, ७८ मा सस्थाले १ करोड ३१ लाख २१ हजार शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै लेखा समयोजक सन्तोष श्रेष्ठले सस्थालाई अगाडी बढाउन सस्थाले विभिन्न विनियमहरु बनाई अगाडी बढ्नुपर्ने कुरामाथि जोड दिनु भयो ।
कार्यक्रममा उत्कृष्ट सञ्चालक उपाध्यक्ष मनमाया सुबेदि र उत्कृष्ट कर्मचारी व्यवस्थापक यमलाल खरेल, उत्कृष्ट सुझाव कर्ता रुद्र प्रसाद भण्डारी, उत्कृष्ट ऋणि कान्तालाल महत्तो, उत्कृष्ट ज्येष्ठ नागरिक सदस्य ईश्वरि सुबेदि र टप कुमारी खड्का, उत्कृष्ट बचत कर्ता चन्द्रकला पन्जियार र अन्जना कुमारी चौधरी,उत्कृष्ट बिद्यार्थी सनिप थापा, अनुपमा भट्टराई, राजिव खनाल र रक्षा घिमिरे सम्मानित हुनु भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्गका अध्यक्ष हरि शर्मा, जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी, सस्थाका पुर्व अध्यक्ष नहिन्द्र बहादुर क्षेत्री,नेपाल रेडक्रस सोसाइटीका सभापति बिजुला जोशि, पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्त सस्थाका अध्यक्ष यम बहादुर खत्रीलगायतले मन्तव्य राख्नु भएको छ ।
सस्थाले सरावल १ बसाबसाइ, प्रतापपुर २ गोपिगन्ज, बर्दघाट ४ बर्दघाट र बर्दघाट १२ भटौलियामा गरि ४ वटा सेवा केन्द्र संचालित गरेको छ । कार्यक्रम सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिपक क्षेत्री र स्वागत मन्तव्य उपाध्यक्ष मनमाया सुबेदीले गर्नु भएको छ ।