ओमसतिया–६ का स्वास्थ्य स्वयंसेविकालाई साइकल

प्रकाशित मिति:

बुटवल, २८ पुस । ओमसतिया गाउंपालिका वडा नं. ६ ले महिला स्वास्थ्य स्वयंसेविकासहित १२ जनालाई सम्मान सहित साइकल वितरण गरेको छ । वडा कार्यालयले वडाभित्रका १० जना स्वास्थ्य स्वयंसेविका, एकजना स्वास्थ्य कर्मचारी र एमबीबीएस अध्ययनरत विद्यार्थी मणिराम हरिजन गरी १२ जनालाई साइकल वितरण गरेको हो । वडा अध्यक्ष शिवकुमार धवलले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मचारीले वडावासीलाई गरेको सेवाको सम्मान गर्दै उनीहरुलाई यात्रा गर्न सहज होस् भनेर साइकल प्रदान गरिएको बताए । साइकल सहित वडाले गरेको सम्मानले आफूहरुमा काम गर्ने हौसला र आत्मसम्मान बढेको स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् ।