लिपुलेक-लिम्पियाधुरामा भारतले निर्धक्क सडक बनाइरहँदा निरीह सरकार, मूकदर्शक गठबन्धन

प्रकाशित मिति:

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा नेपालको कालापानी–लिपुलेक क्षेत्रमा सडक बनाइरहेको बताएका थिए ।मानसरोवरसम्मको यात्रा सजिलो बनाउन उक्त क्षेत्रमा सडक बनाइरहेको र त्यसलाई सबै सिजनमा चल्न सक्ने बनाउने अभिव्यक्ति मोदीको थियो । उनले निर्धक्करूपमा नेपालको भूमिमा भारतले सडक बनाइरहेको बताएका थिए ।

दार्चुला जिल्लामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई गत वर्ष नेपालले संविधान संशोधन गरेर नेपालको नक्शामा समेटेको थियो । उक्त क्षेत्रलाई नेपालको नक्शामा समेट्न संविधान संशोधन गर्दा संसदले सर्वसम्मतरूपमा निर्णय पनि गरेको थियो ।

उक्त क्षेत्रमा भारतले अहिले नयाँ सडक बनाएको भने होइन । पुरानो सडकलाई स्तरोन्नतिको काम अघि बढाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।