साझा हस्पिटलमा हेमोडायलासिस सेवा शुरु

प्रकाशित मिति:

३ माघ,बुटवल । मिर्गाैला रोगीहरुका लागि साझा हस्पिटल प्रा.लि. बुटवलले तीन करोड लगानीमा हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापासंगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलासिस शुरु गरिएको हो । सेवाको अस्पतालका अध्यक्ष गोबिन्द खनालले सोमबार उद्घाटन गरेका छन् । मिर्गौलाका विरामीहरु दिन प्रतिदिन बढिरहेको सन्दर्भमा विरामीहरुलाई सुलभ उपचार दिने उद्देश्यले भविष्यमा ५० वटा मेसिन पु¥यायने लक्ष्य सहित सेवा शुरु गरिएको अध्यक्ष खनालले बताए ।

नियमित डायलासिस गराउनुपर्ने विरामीहरुले सर्वसुलभ सेवा पाउन नसक्दा बहिर जानुपर्दा उच्च आर्थिक व्ययभार पर्ने भएकाले निःशुल्क सेवा उपलब्ध गराउने खनालले बताए । सेवालाई पूर्ण निःशुल्कका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समक्ष प्रकृया अगाडि बढाइसकिएको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताए । यस्तै अस्पतालले सोमबारदेखि एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुरु गरेको छ । बुटवल क्षेत्रमा नवजात शिशु सघन उपचार केन्द्र (एनआईसीयू) अति कम रहेकाले निकै समस्या हुने गरेको महसुस भएकाले एनआईसीयू सेवा प्रारम्भ गरिएको डा. पराजुलीले बताए ।

अत्याधुनिक मेशिनहरु जडित एनआईसीयू सेवाले नवजात शिशुहरुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको अस्पतालले जनाएको छ । । प्रालिमा आईसीयू सेवा अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा जनरल तथा ल्यापरोस्कोपी सेवा,पेडियाट्रिक सर्जरी सेवा, इएनटी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति सेवा, युरो सर्जरी, रेडियोग्राफी सेवा,चौबिसैघण्टा इमर्जेन्सी सेवा लगायतका विशेषज्ञ सेवाका साथै निसन्तान दम्पत्तिका लागि टेस्ट ट्युब बेबी सेवा पनि सञ्चालनमा रहेका छन् ।

 

थप समाचार