लोकगायक भरत क्षेत्री र गायिका श्यामकला भण्डारीको स्वरमा रहेको छेक्नलाई पछेउरीले जाडो छेकियो,लुकाई–लुकाई राखेको माया देखियो बोलको गित आज देखी बजारमा आएको छ । माया प्रेममा आधारीत भएर तयार पारिएको उक्तगित आज बिहान भरत क्षेत्रि युटुब च्यानलबाट सार्वजनीक भएको हो ।
राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष समेत रहेका लोक गायक भरत क्षेत्रीले यस अघि पनि २० बढी गितहरुमा आफ्नो स्वर दिईसकेका छन् । उक्त गितमा शब्द प्रलाहद सुवेदीको रहेको छ । गितमा भरत क्षेत्रि को संगीत ,जुना सुन्दास र लोमास शर्माको मुख्य अभिनय रहेको छ भने राजु सुनामले त्यसलाई छायाँकन गर्नु भएको छ । जस्को निर्देशन कुमार के.सी ले गर्नु भएको छ भने प्रकाश मगरको कोरीयोग्रामफि रहेको छ ।











