महासमिती बैठकमा महत र केसीबीच माइक खोसाखोस

प्रकाशित मिति:

अनिल सापकोटा,
पुस ३, काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको छ ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो ।

नेता केसीले भने ‘पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दैगर्दा एकाएक डा महत आएर मेरो माइक खोस्न थाले, त्यसपछि धकेलाधकेल हुदा माइक नै फुटेको छ’ ।

शनिबारदेखि राजधानीमा जारी काँग्रेस महासमिति बैठक पूर्व निर्धारित कार्यतालिका अनुसार आज सकिनुपर्ने थियो तर आजसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन ।