६ माघ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी टी(२०विश्वकप क्वालिफायरअघि ओमानमा चार देश सहभागी टि २० सिरिज खेल्ने भएको छ ।नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानसँग टी(२०खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।
नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटअघि तयारी स्वरुप अभ्यास म्याच खेल्न लागेको हो ।ग्लोबल क्वालिफायरमा नेपाल समूह ए का रहेको छ र यस समूहका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
यस समूहमा आयोजक ओमानसहित, नेपाल, युएई, आयरल्याण्ड, फिलिपिन्स, क्यानाडा, बहराईन र जर्मनी छन् ।











