खोप लिएर मजदुर भेट्न तिलोत्तमाका मेयर ईट्टाभट्टामा

प्रकाशित मिति:

तिलोत्तमा,माघ। कोरोना महामारी दिनानुदिन बढ्दो मात्रामा छ। दिन दुईगुणा रात चौगुना यसको अनुपात बढिरहेको छ। यसै तथ्यांकलाई मध्यनजर गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खोप अभियान थालेको छ। गाँउगाँउ टोल टोल र विभिन्न कलकारखानामा रहेका कोरोना खोप लगाउन समय नभएका तथा छुटेकाहरुलाई तिनीहरु भएकै ठाउमा गएर खोप लगाउने अभियान तिब्र रुपमा चलिरहेको छ। यसै सन्दर्भमा तिलोत्तामाका मेयर बासुदेव घिमिरे आफै उपस्थित भएर स्वास्थ्यकर्मी सहित खोप लिएर गाँउगाँउ धाएका छन्। बुधबारदेखि शुरु गरिएको शुन्य खोप अभियान अन्तर्गत नगर दौडाहामा नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरदेवी चौधरी आफै हिडेर खोप अभियानलाई अझै प्रभावकारी र तिब्र पारेका छन्। बिहिबार तिलोत्तमा–१० सेमरामा रहेको एनबि इट्टाका खोप लगाउन छुटेका र समय नपाएर खोप नलगाएकाहरुको एकिन गरी स्थानिय तथा भारतीय ५१ मजदुरलाई कोरोना बिरुद्धको पहिलो डोज खोप दिइएको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन तथा स्वास्थ्य अधिकृत केशव भट्टराईले बताउनुभयो।

खोप अभियानका बारेमा बताउदै नगरप्रमुख घिमिरेले तिलोत्तमा नगर भित्र बस्ने , काम गर्ने सबै मजदुर बर्ग, भाडामा बस्ने तथा तिलोत्तामालाई कार्यस्थल बनाएका जो कोहीलाई खोजि खोजि खोप लगाइदिने ब्यबस्था गरेका छौ, कोरोना बिरुद्धको खोप लगाउन कोहि छुटेको या नलगाएको भए नगरपालिकाको स्वास्थ्य शाखा तथा हरेक वडामा रहेको स्वास्थ्य चौकीमा सम्पर्क गरी खोप लगाउन समेत आग्रह समेत गर्नुभयो। नगरप्रमुख घिमिरेले तिलोत्तमा–१० सेमरामा रहेको एनबि इट्टाभट्टाका ५१ मजदुरलाई खोप दिलाउदै समय अभावका कारण खोप नलागेको कोहि भएमा तुरुन्त सम्पर्क गरी खोप लगाउन अनुरोध समेत गर्नुभयो। उहाले यो अभियान अन्तर्गत तिलोत्तामामा खोप नलगाएका मानिस भेट्न नसकिने गरि अगाडी बढेको बताउनुभयो। खोप अभियानको क्रममा तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल, स्वास्थ्य अधिकृत तथा कोरोना फोकल पर्सन केशव भट्टराई, सेमरा स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्य अधिकृत कमल पाण्डेय लगायतको स्वस्थाकर्मिहरुको उपस्थिति रहेको थियो।