प्रकाश न्यौपाने
माघ ०६ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ पर्ने महेशपुर सिमा नाकाको अनुगमन गरेको छ । सिमा नाका अनुगमनमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , जिल्ला प्रहरीका एस.पि. मनोज कुमार यादव, सशस्त्र प्रहरीका इन्चार्ज , महेशपुर सीमा चौकीका इन्चार्ज, स्वास्थकर्मी सहितको टोलीले अनुगमन गरेको हो ।
जिल्लामा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमित बढीरहेको बेला भारतबाट नेपालीहरु फर्किनेक्रम बढेको छ । ओमिक्रोन भाइरसको जोखिम बढेकाले नाकालाई व्यवस्थित गर्ने सवालमा अनुगमन गरिएको प्रमुख जिल्ला धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार भारतबाट फर्किने सबैलाई एन्टिजेन परीक्षण गर्ने गरिएको छ। संक्रमण पुष्टि भएकालाई एम्बुलेन्स मार्फत जिल्ला आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ ।
जिल्लाका संक्रमितलाई पालिकाको समन्वयमा त्यही पठाउने गरिएको छ। भने जिल्ला बाहिरका संक्रमितलाई समन्वयमा त्यही पठाउने गरिएको छ । कोरोना नियन्त्रण र जोखिम व्यवस्थापनका निम्ति प्रशासनले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।












