काठमाडौँ, ३ पुस । मंगलबार निधान भएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । बुधबार ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्ने तयारी रहेको परिवराले जनाएको छ । गिरीले जिवित छँदै लिखित रुपमै आफ्नो अन्त्येष्टि त्यहीँ गर्न ईच्छा राखेका थिए । उनको अन्त्यष्टिमा सलामी भने नदिइने भएको छ । गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको हो । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।
पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले सलामी दिनेबारे आफूहरुलाई सरकारले सोधे बताउँदै तर, अन्त्येष्टि साधारणरुपमा हुने निवास पुगेका सञ्चारकर्मीहरुलाई जानकारी दिइन् । डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएको उनले बताइन् । गिरीको ९३ वर्षको उमेरमा आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको थियो । गिरीलाई श्रद्धाञ्जली दिन उनको निवास बुढानिलकण्ठमा प्रदीप गिरि, राधाकृष्ण मैनाली, पशुपतिशमशेर जबरा, विश्वबन्धु थापा लगायत नेताहरु पुगेका थिए ।












