लुम्बिनीमा पूर्वसहमति अनुसार अब कांग्रेसले नेतृत्व पाउनुपर्छ: गिरी

प्रकाशित मिति:

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लुम्बिनी प्रदेश सरकारमा पूर्व सहमति अनुसार नेपाली कांग्रेसले अब नेतृत्व पाउनुपर्ने बताएका छन् ।बाँकेको नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा नेता गिरीले गठबन्धनका समयमा भएको सहमति अनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

लुम्बिनी प्रदेशमा साउन २८ गते माओवादी केन्द्र र कांग्रेसले बाँकी रहेको १६ महिने कार्यकाल आठ आठ महिना नेतृत्व गर्नेगरी सहमति भएको विषय बाहिर आएपछि माओवादीका केही नेताहरुले अहिले सरकारको नेतृत्व नफेरिने बताउन थालेपछि गठबन्धनमा यो विषय पेचिलो बनेको छ ।नेता गिरीले भने–‘तत्कालीन समयमा गठबन्धन गर्दा आधा समय कांग्रेसलाई दिने भनिएकाले त्यो अनुसार पाउनुपर्यो नि, त्यो सहमति गर्ने समयमा म त थिइन् तर हाम्रा नेताहरुले त्यो बताएपछि सहमतिको इमान्दारिता देखाउनु राम्रो हुन्छ ।’

नेता गिरीले गठबन्धनलाई नियमित दिने कुरामा रणनीतिक हुनुपर्ने बताउँदै साझेदार इमान्दार बन्नुको विकल्प नरहेको बताएका थिए । निर्वाचनका विषयमा नेता गिरीले कानुन शंसोधन गर्न मिल्लनेभए लोकतन्त्रलाई अफ्ठयारो नपर्ने भए एकैपटकमा निर्वाचन गरिनु फाइदा हुने बताएका थिए ।