१२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघले पूर्वप्रशिक्षक अफ्ताब बालोचको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सोमबार नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अफ्ताबको ६८ वर्षको उमेरमा निधन भएको पाकिस्ता क्रिकेट बोर्डले पुष्टि गरेको छ ।
उहाँको निधनप्रति नेपाललले आज श्रद्धाञ्जली अर्पण गरेको हो । अफ्ताब सन् २००१ मा नेपालको प्रशिक्षकको रुपमा नेपाल आएका थिए । उनको प्रशिक्षणमा नेपालले यु(१७ एसिया कप खेलेको थियो ।











