बुटवल , १२ माघ – सधैं शान्ति सुरक्षाको लागि खटिने नेपाल प्रहरी बुधबार बिहान भने रक्तदानमा ब्यस्त देखिन्थे । बुटवलको ट्राफिक चोकमा नेपाल नियमित रक्तदाता सघं र लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवलको आयोजनामा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संघले बुटवलमा प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
बुटवलमा रगतको अभाव नहोस भन्दै संघले नेपाल रेडक्रम साईसाईटीको रक्तदाता सञ्चार केन्द्रसँग प्राविधिक सहयोग लिदैं अभियान नै सञ्चालन गरेर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।
संघले विभिन्न जिल्लामा शाखा कार्यालय खोलेर गाउँगाउँमा रक्तदानको महत्वको जनचेतना फैलाउँदै समेत आएको उनले बताए । बुटवलको टोल टोलमा पुगेर रक्तदान गर्दै आएको र रगतदान जिवन दान भन्दै जनचेतना फैलाई रहेको भण्डारीले बताए । बुधबार गरिएको बृहत्त रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको उनले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल प्रहरी र स्थानीयले रक्तदान गरेको बताए ।प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्दै सामाजिक कार्य अन्र्तगत रक्तदानको आयोजना गरेको लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवलका प्रमुख प्रहरी उपरिक्षक रामश्वेर कार्कीले बताए । रक्तदान जिवन दान भएकाले रक्तदानको महत्व रहेको बताए । मानिस स्वस्थ्य रहेको प्रमाण रक्तदान भएको प्रहरी कार्कीले सुनाए ।स्वर्गिय सरोज सिलवासले २०६१ सालमा संस्था स्थापना गर्दै रक्तदानलाई निरन्तरता दिईएको नेपाल नियमित रक्तदाता संघ का अध्यक्ष दया बहादुर सिलवासले बताए ।
तत्कालिन शसस्त्र माओबादी द्धन्दकालमा रगतको अभाव भएपछि संस्थाको स्थापना गरिएको उनले बताउँदै कोरोना कहरमा रगत अभाव देखा परेपछि संघले नियमित रुपमा नै बुटवलमा रक्तदान सञ्चालन गर्न सुरु गरेको जानकारी दिए ।रुपन्देहीको दक्षिणी क्षेत्रमा अझैं रक्तदान गर्दा कम्जोर भईन्छ भन्ने मानशिकता रहेको उनले बताउँदै यसलाई चिर्दै गाउँ गाउँमा पुगेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए । हरेक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्ने सक्ने शिवलावसले बताए ।संघले बुटवलमा प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान सञ्चालन गर्दै आएको कोषाध्यक्ष दिपक अधिकारीले बताए । विभिन्न संघसंस्थाको सहयोग लिएर रक्तदान सञ्चालन गर्दै आएको उनले बताए ।











