पश्चिम् नवलपरासी चिसापानी सामुदायिक वनद्वारा घर निर्माण गरि बिपन्न परिवार लाई हस्तान्तरण

प्रकाशित मिति:

रामु भुसाल- पश्चिम् नवलपरासीको चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–२ ले घर निमार्ण गरेर एक कार्यक्रमका विच चिसापानी निवासी एकल महिला कमला थापा (सुनार) लाई हस्तान्तरण गरेको छ ।चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण कार्यक्रम मा बोल्दै प्रमुख अतिथी गुप्ताले चिसापानी सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक उत्तरदायित्व र बार्षिक कार्य योजना अनुसार गरीवहरुका लागि आवास निमार्ण गर्ने कार्य निकै प्रसंसनिय रहेको बताउदै आगामी दिनमा समेत गरीव परिवारहरुको पहिचान गरेर आवास निर्माण गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

सोही अबसरमा बोल्दै बिशेश अतिथी बर्दघाट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष दया दर्लामीले आफ्ना नागरिक लाई सहयोग गर्न स्थानीय सरकार को जिम्मेवारी भएता पनि सामाजिक संघ सस्था हरुले गरेको सहयोग प्रती धन्यवाद दिदै सबै सङ सहकार्य गरेर सामाजिक कामका लागि आफू अगाडि बढ्ने बताउनु भयो।कार्यक्रममा सामुदायिक बनका अध्यक्ष गुरुङ ले सामुदायिक बन नाफामुखी नभई सेवामुखि हुनुपर्ने बताउदै यस बनले बिगत देखि नै आफ्ना उपभोक्ता हरु लाई स्वास्थ ,शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र यसलाई निरन्तरता दिने बताउनु भयो।सो अबसर मा सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष कमल परियार ,परिवारका तर्फ बाट कमला थापा (सुनार) लगाएतले मन्त्ब्य राख्नु भयेको थियो।कार्यक्रम मा बर्दघाट सरावल सव डिभिजन बन कार्यलय का प्रमुख साहयक वन अधिकृत गिरीराज पन्त,वार्ड का जनप्रतिनिधि ,सामुदायिक बनका पदाधिकारी,संघ सस्थाका प्रतिनिधि,सन्चारकर्मी लगायत को उपस्थिति रहेको थियो।

सामुदायिक वनले ४ लाख ५१ हजार रुपैया खर्च गरेर २ कोठे जस्तापाताले छाएको घर एकल महिला कमला थापा ९सुनार०को लागि निमार्ण गरेको थियो। गत जेष्ठ १४ गते पानीसंगै आएको हावाहुरीले कमला थापा ९सुनार०को घर उडाए पछि सुनारको परिवार नजिकैको सामाजिक भवनमा बस्दै आएका थिए ।दुई साना छोरा र सासुआमा सहित बस्दै आएको झुपडि हावाहुरीले उडाईदिए पछि ३१ वार्षीय कमलाले घर बनाएर बस्न सक्ने अवस्था नभएको र उनका श्रीमान २०७७ साल फागुन १४ गते विदेशमा कामकै सिलसिलामा मृत्यु भएको थियो । श्रीमानको शव ल्याउन देखि आर्थिक सहयोग कार्यमा विभिन्न ब्याक्ती र संघ सस्था बाट सहयोग प्राप्त भएको कमला सुनारले बताउनु भएको छ।सामुदायिक वन समुहकी उपाध्यक्ष ईन्दु देवि चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन समुहका सचिव अनिल गुरुङ्गले गर्नु भएको थियो ।