बुटवल- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका नगरप्रहरीले मस्क र सेनिटाइजर वितरण गरेको छ ।नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि बिहीबार बिहान ७ बजे बुटवल नगर क्षेत्र भित्र पर्न हाटबजार,पुरानोबसपार्क ,सब्जीमन्डी, क्षेत्रमा बुटवल उपमहानगरपालिका नगरप्रहरी निरीक्षक जयश्वर पाण्डेको नेतृत्व मा संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सहित मार्क्स र सेनिटाइजर वितरण अभियानकै रुपमा सञ्चालन गरेका थिए ।
“दैनिक बजारमा भिडभाड नै हुन्छ , भिडमा हिँड्ने केहीले मास्क लगाएका थिए , अधिकाँसको मुखमा मास्क हुँदैन खुल्ला बजारमा हिँड्नेलाई कोरोना महामारिको बारेमा थाहा नभएको त हैन, तैपनि लापरवाहीपूर्ण तरिकाले खुल्ला हिँडिरहेका हुन्छन । उनीहरु मध्ये अधिकाँसलाई मास्क नलागई हिँड्दा कोरोना सर्ने वा सार्ने जोखिम हुन्छ भन्ने थाहा थियो, तैपनि वेवास्ता गरेर हिँडेका थिए । अभियानको क्रममा मास्क नलगाई हिँडडुल गर्नेलाई अनुरोध गरी अनिवार्य रुप मास्क र सेनिटाइजर लगाउन लागएका छौ । कोरोना विरुद्ध सचेतना फैल्याउन मास्क र सेनिटाइज र वितरण अभियान सुरु गरिएको छ । लापरवाही गरेर मास्क नलगाई हिँड्नेलाई अब हामीले आग्रह गछौ र अनिवार्य रुपमा बुटवल नगर क्षेत्र भित्र मास्क लगाउन लगाउने र आफू बाँच्न र अरुलाई बचाउनको लागि पनि सबैले होसियारी अपनाउनुपर्ने “नगर प्रहरी निरीक्षक जयश्वर पाण्डेले बताए
उनिले नेपाल सरकारले लकडाउन हटाए पनि कोरोना बढ्दै गएकोले सतर्क हुनुपर्ने छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई आवश्यक सेवा खुल्ला गरेको भए पनि मापदण्डको प्रयोग नभएको पाइएको छ कोरोनाबाट बच्ने एउटै मात्र उपाय मास्कको प्रयोग, सरसफाई र व्यक्तिगत दुरी कायम गर्ने कुरा भएकोले त्यसमा ध्यान दिन अनुरोध गरे ।











