राष्ट्रिय युवा संघ नेपाल बुटवलद्वारा मास्क वितरण तथा जनचेतना मुल्क कार्यक्रम

प्रकाशित मिति:

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका नगर कमिटी द्वारा सप्तह ब्यापी मास्क वितरण तथा जनचेतना मुल्क कार्यक्रम को सुरुवात गरेको छ ।नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि शुक्रवार दिउँसो ४ बजे र बुटवल नगर क्षेत्र भित्र पर्ने नयाँ बसपार्क भित्र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटी अध्यक्ष सुदर्शन खाम्चा को नेतृत्व मा संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सहित सप्तह मास्क वितरण अभियानकै रुपमा सञ्चालन गरेका थिए ।

अभियान सुरुवात राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला इन्चार्ज केशव रोका ले नयाँ बसपार्क मा मास्क नलाएको व्यक्तलाई मास्क वितरण गरेर गरेको थियोे ।दैनिक बसपार्क भित्र हजारौं जनता आवाजवात गरछन भिडभाड धेरै नै हुन्छ , भिडमा हिँड्ने केहीले मास्क लगाएका थिए , अधिकांसको मुखमा मास्क हुँदैन खुल्ला बजारमा हिँड्नेलाई कोरोना महामारिको बारेमा थाहा नभएको त हैन, तैपनि लापरवाहीपूर्ण तरिकाले खुल्ला हिँडिरहेका हुन्छन । उनीहरु मध्ये अधिकांसलाई मास्क नलागई हिँड्दा कोरोना सर्ने वा सार्ने जोखिम हुन्छ भन्ने थाहा हुदाहुदै पनि वेवास्ता गरेर हिँडेका थिए त्यस कारण हामी सप्तह मास्क वितरण अभियानकै रुपमा सञ्चालन गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला इन्चार्ज केशव रोका ले बताए ।अभियानको क्रममा मास्क नलगाई हिँडडुल गर्नेलाई अनुरोध गरी अनिवार्य रुपमा मास्क र लगाउन लागएका छौ । कोरोना विरुद्ध सचेतना फैल्याउन सप्तह मास्क वितरण अभियानकै रुपमा वितरण अभियान सुरु गरिएको छ । लापरवाही गरेर मास्क नलगाई हिँड्नेलाई अब हामीले आग्रह गछौ र अनिवार्य रुपमा बुटवल नगर क्षेत्र भित्र मास्क लगाउने र आफू बाँच्न र अरुलाई बचाउनको लागि पनि सबैले होसियारी अपनाउनुपर्ने राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष सुदर्शन खाम्चा ले बताए ।

नेपाल सरकारले लकडाउन हटाए पनि कोरोना बढ्दै गएकोले सतर्क हुनुपर्ने बताए ।सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई आवश्यक सेवा खुल्ला गरेको भए पनि मापदण्डको प्रयोग नभएको पाइएको छ कोरोनाबाट बच्ने एउटै मात्र उपाय मास्कको प्रयोग, सरसफाई र व्यक्तिगत दुरी कायम गर्नु हो ।जनता को स्वास्थ को जिम्मेवार सरकार हुनुपर्ने तर यो सरकार जनताको स्वास्थ्यमा खेलबाड गरिरहेको छ नेपाली भूमि मिचिँदा पनि चुप बस्ने स्थानीय निकायको चुनाव समयमा नगराउने खेल खेलिरहेको राष्ट्रिय युवा संघ नेपाल १०औ महाअधिबेशन आयोजक कमिटी सदस्य तुल बहादुर अधिकारि ले बताए ।कार्यक्रम मा राष्ट्रिय युवा संघ नेपाल १०औ महाअधिबेशन आयोजक कमिटी सदस्य केशव रोका , बुद्ध थापा ,कल्पना पाण्डे मागर , राष्ट्रिय युवा संघ नेपाल पुर्बी क्रेन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला निवर्तमान अध्यक्ष नाकुल शाही, राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला , अध्यक्ष मनोज गौचन ,उपाध्यक्ष बिकासजङ बस्नेत , कार्यालय सदस्य,कृष्ण कुमाल, नव राज मल्ल ,दिपक खाडगि , समुन्द्र श्रेष्ठ ,रम्बा देबि घिमिरे ,ईश्वर न्यौपाने सचीवालय सदस्य ,सुमन श्रेष्ठ ,दिपेश राज नेपाल , श्र्दा कुवर ,लक्षमण रावाल अनेरास्ववियु बिद्यार्थी नेता हरु उपस्थित रहेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य एवम् युवा इन्चार्ज कृष्ण कुमाल जानकारी दिए । उक्त कार्यक्रम सचिव सुमित खनाल संचालन गरेका थिए ।