सरकार र रेणु यादवविरुद्व राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी प्रदर्शन

प्रकाशित मिति:

बुटवल- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ रुपन्देहीले मन्त्रील रेणु यादबको हिंसात्मक अभिव्यक्ति को बिरोध संगै २४ लाख खोपको हिसाब खोज्दै बुटवलमा राँके जुलुस निकालेको छ।राष्ट्रिय संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष मनोज गौचन को नेतृत्वमा बुटवलको नयाँबस पार्क आगाडी साझा ५:३० बजे भेला भएका करिब ७० भन्दा बढी कार्यकर्ताहरुले सहित बुटवलको नयाँबस पार्क बाट सुरुवात भएको मास्ला जुलुस चौरहा नजिक गएर सम्पन्न भएको थियो ।

मस्ला जुलुस लाई रोक्नलाई प्रहरीले निकै प्रयास गरेको थियो र लाठीचार्ज गरेको थियो , लाठीचार्ज गर्दा पनि युवा बिद्यार्थी कार्यकर्ताले निरन्तर रुपमा मापशे सरकार मुर्दावाद ,रेणुकुमारी यादव लाई बर्खास्त गर ,पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता गर , स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर ,लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ता गर मूल्य वृद्धि फिर्ता गर ,नलायक सरकार राजिनिमा दे, गृहमन्त्री राजिनिमा दे,शरे तेरो पाराले दुस्ख पाए साराले ,यस्तो नलायक सरकार चहिदैन जनता मर्न पाइदैन भन्दै नारा लागएत ‘मूल्यवृद्धि फिर्ता गर’ सहित नारा लागेका थिए ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्वि, स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको ढिलाई र मन्त्री रेणु कुमारी यादवले सिके राउतलाई खुल्लेआम ज्यान मार्ने धम्की दिएको भन्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी ले त्यसको बिरोध प्रदर्शन गरेको राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला इन्चार्ज केशव रोकाले बताए ।

 

 

 

गठबन्धन सरकारले जनताको दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि हुँदा पनि आँखा बन्द गरेर निधाएको र देशको सिमानामा भारतिय बिस्तारबादले बुट बजार्दा पनि यो सरकार निरीह बनेर बसेको र रेणुकुमारी यादव लाई तत्काल मन्त्री पदबाट बर्खास्त नगरेर,पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता नगरेर,
स्थानीय तहको निर्वाचन तत्काल घोषणा नगरेर , रमिता हेरिरहेका यो सरकारविरुद्ध आज प्रदर्शनमा उत्रिएको हौ आज को यो प्रदर्शनमा गृहमन्त्रीकै निर्देशनबाट युवा बिद्यार्थी माथी भएको यो लाठीचार्ज को विरुद्ध सशक्त भएर लाग्ने सरकारले बेलैमा काम नगरेमा आज देखि निरन्तर रुप मा प्रदर्शन जारी राखने राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचन ले बताए ।

उक्त कार्यक्रम मा राष्ट्रिय युवा संघ नेपाल १०औ महाअधिबेशन आयोजक कमिटी सदस्य केशव रोका , बुद्ध थापा ,कल्पना पाण्डे मागर , राष्ट्रिय युवा संघ नेपाल पुर्बी क्रेन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला निवर्तमान अध्यक्ष नाकुल शाही, राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला, अध्यक्ष मनोज गौचन ,उपाध्यक्ष बिकासजङ बस्नेत , कार्यालय सदस्य,कृष्ण कुमाल, नव राज मल्ल ,दिपक खाडगि , सुमन श्रेष्ठ ,रम्बा देबि घिमिरे ,ईश्वर न्यौपाने सचीवालय सदस्य ,सुमन श्रेष्ठ ,दिपेश राज नेपाल , श्र्दा कुवर ,लक्षमण रावाल राष्ट्रिय युवा संघ नेपाल बुटवल उप महा नगर कमिटी अध्यक्ष सुदर्शन खम्चा, अनेरास्ववियु केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बालकृष्ण पाण्डे ,अनेरास्ववियु केन्द्रीय सदस्य एवं रुपन्देही निवर्तमान अध्यक्ष साजन भण्डारी ,अनेरास्ववियु जिल्लाअध्यक्ष शेषकान्त पोखरेल,उपाध्यक्ष रामेश ढकाल ,सचिव प्रकाश पराजुली अनेरास्ववियु नगर अध्यक्ष रोशन घिमिरे लागाएत राष्ट्रिय युवा संघ नेपाल जिल्ला ,उपमहानगर र अनेरास्ववियु जिल्ला उपमहा नगर बिद्यार्थी नेता हरु उपस्थित रहेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य एवम् युवा इन्चार्ज कृष्ण कुमाल जानकारी दिए ।
ग्लगिअपथि