राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकरी तथा विभागको प्रमुख पदमा मनोनयन गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका विभिन्न पदाधिकारी तथा विभागको प्रमुख पदमा मनोनयन गरेको जानकारी दिएका हुन्। उपाध्यक्षमा हेमजंग गुरूङ र मुकुन्दश्याम गिरीलाई मनोनयन गरेको छ। राजेन्द्र गुरूङ र प्रहलादप्रसाद साहलाई महामन्त्रीको पदमा मनोनय गरेको हो। यस्तै पार्टीको आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा पुष्पराज पुरूष, सूचना तथा प्रविधि विभाग प्रमुख रविन चाम्लिङ्ग, तराई मधेश विभाग प्रमुख रामप्रताप साह, अभिलेख तथा मुल्याङ्कन विभाग प्रमुख मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुखमा सुदर्शन थापालाई मनोनयन गरेको हो।
यसैगरी रमानन्द न्यौपाने (जुम्ला)लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको छ।
उपाध्यक्ष
हेमजंग गुरुङ, लमजुङ
मुकुन्दश्याम गिरी, सुर्खेत
महामन्त्री
राजेन्द्र गुरुङ, ओखलढुङ्गा
प्रहलादप्रसाद साह, मोरङ
प्रवक्ता
भक्तिप्रसाद सिटौला, झापा
मोहन श्रेष्ठ, गोरखा
सगुनसुन्दर लावती, पाँचथर
गोपाल दाहाल, मोरङ
सहायक प्रवक्ता
प्रविनकुमार थोकर तामाङ, दोलखा
दिनेशकुमार साह, मोरङ
पूर्णबहादुर चन्द, कञ्चनपुर
सह महामन्त्री
मोहनप्रसाद यादव, बारा
धनबहादुर बुढा, कालिकोट
श्यामबहादुर शाही, अछाम
प्रकाश रिमाल, काठमाडौं
रवीन्द्रप्रताप शाह, भक्तपुर
झनक प्याकुरेल, नुवाकोट
रीना गुरुङ, चितवन
सहायक महामन्त्री
रमानन्द न्यौपाने, जुम्ला
विजय खड्का, दोलखा
प्रेम बलायर, डोटी
ऋषिराज देवकोटा, बाँके
ताहिर अलि, रुपन्देही
दिपक कुमार राइ, नुवाकोट
विभिन्न विभागका प्रमुख
१. आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठ, भक्तपुर
२. धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, ललितपुर
३. सूचना तथा प्रविधि विभाग प्रमुख रविन चाम्लिङ्ग, खोटाङ्ग
४. तराई मधेश विभाग प्रमुख रामप्रताप साह (भोला), सिराहा
५. अभिलेख तथा मुल्याङ्कन विभाग प्रमुख मीना सुवेदी, काठमाडौं
६. सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापा, काठमाडौं











