रुपन्देहीको क्षेत्र नम्बर १ तथा सुनवल नगरपालिका वडा नम्बर ७ र ८ मा क्रियाशील काष्ठ तथा फर्निचर व्यवसायीहरुको भेलाले देवदह बुद्ध मावली काष्ठ संघ गठन गरेको छ । शनिबार रुपन्देहीको देवदह नगरपालिका वडा नं। ५ स्थित पाठक फुडल्याण्डमा आयोजित भेलाले रचना स–मिल तथा फर्निचरका सञ्चालक टिका प्रसाद पौडेल राजुको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कार्यसमिती गठन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा चन्द्र आशिष स–मिल एण्ड फर्निचरका सञ्चालक चन्द्र बहादुर अधिकारी, उपाध्यक्षमा माथागढी स–मिलका सञ्चालक पदम ढुङ्गाना, सचिवमा शिवा स–मिलका शिवा प्रसाद धवल ( देव धवल), सह–सचिवमा एस्। एस्।
सप्लायर्स एण्ड ट्रेडिङ्गका सन्तोष थापा र कोषाध्यक्षमा श्री दाउन्ने फर्निचर उद्योगका सञ्चालक हरी भण्डारी , त्यस्तै वरिष्ठ सदस्यमा लाफा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक खेम बहादुर चौहान, सदस्यमा न्यु गणेश स–मिलका सञ्चालक बिध्याराम चौधरी र युनिक फर्निचर तथा फर्निसिङ्ग शोरुमका सञ्चालक सन्दिप ढुङ्गाना चयन हुनुभएको छ । तदर्थ कार्यसमिती संगै सल्लाहकार समितीमा देवदह नगरपालिकाका प्रमुख, रोहिणी गाउँपालिकाका अध्यक्ष, ओमसतिया गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष, सुनवल नगरपालिका वडा नं. ७ र ८ का वडा अध्यक्ष, वन सञ्जालका अध्यक्ष, शितलनगर सव डिभिजन वन कार्यालयका प्रतिनिधि तथा व्यवसायी निलकण्ठ पौडेललाई मनोनयन गरेको सचिव देव धवलले जानकारी दिनुभयो । त्यस्तै कानुनी सल्लाहकारमा लिलाधर मरासीनी र प्रेस सल्लाहकारमा सुशील सापकोटालाई मनोनित गरिएको सचिव धवलले बताउनुभयो ।
संस्थाका अध्यक्ष टिका प्रसाद पौडेलले व्यवसायीहरुको एकता र हकहितका लागि संस्था गठन गरिएको उल्लेख गर्दै स्वस्थ व्यवसायीक वातावरण सृजना गर्दै काष्ठ व्यवसायलाई मर्यादित बनाउने उद्देश्यमा देवदह बुद्ध मावली काष्ठ व्यवसायी संघ सदैव केन्द्रित रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । भेलाले संस्थापक, साधारण, आजीवन, मानार्थ र व्यवसायीक गरी ५ प्रकारका सदस्यताको प्रावधान अगाडि सारेको जानकारी गराउँदै विधान निर्माण र दर्ता प्रक्रिया छिट्टै सम्पन्न गरिने सचिव देव धवलले बताउनुभयो ।











