प्रकाश न्यौपाने
माघ १८ गते
नवलपरासी । पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदा एक युवाको ज्यान गएको छ । आज मँगलबार दिउसो नवलपरासी सुस्ता गाँउपालिका-२ हरकपुरा स्थित भित्री सडक खण्डमा मोटर साइकल र स्कुटर एकआपसमा ठोक्किदा भारतीय युवाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु १८ प ८६०५ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउँदै गरेको यूपी ५६ एएन ७२३५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक भारत जिल्ला महाराजगंज आनन्दनगर फरेन्दा बजार बस्ने वर्ष अन्दाजी १९ को अरबिन्द चमारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीकार्यालय नवलपुले जनाएको छ । दुर्घटनापछि घाइते भएका उनलाई उद्दार गरि उपचारका लागि शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी ३५ वर्षीया कलवती चमार र अन्दाजी वर्ष १९ का रामकरण चमार घाइते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्कुटर चालक नवलपरासी बर्दघाट-१५ कालअन्दाजी १८ वर्षीय अमृत सुनारको दुबै खुट्टा फ्याक्चरभएको छ । कम्मरमा चोट लागेका उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँका अन्दाजी १७ वर्षीय निर्मल तामाङको टाउको शरिर र दाहिने खुट्टा फ्याक्चर अवस्थामा रहेको पहरीले जनाएको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दुबैजनालाई थप उपचारका लागि रुपन्देहीको भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।












