सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको सॅगीत र रानी शाक्यको स्वरमा “सुटुक्कै” नामक रमाइलो गीतले छोटो समयमा नै निक्कै लोकप्रियता कायम गरेको छ।रिलिज भएको ३/४ दिनमा नै लाखौं दर्शक श्रौताले मन पराउनु भएको गीत ‘सुटुक्कै’ दो अर्थे शब्द र अश्लिलता विना पनि धैरैको जिब्रोमा झुण्डिएको छ।एक महिला प्रेम प्रस्ताब गर्दै पुरुषको पछि लागेको दृष्यॅाकन नृत्य मार्फत प्रस्तुत गरिएको छ।
रामजी लामिछानेको निर्देशनमा विना राउत, सरोज राना प्रजा र अन्य कलाकाकहरुले गीतमा अभिनय गरेका छन्।
राजु कार्कीको सॅगीत सॅयोजन रहेको उक्त गीत त्रिबेणी डिजिटलमा रेकर्ड भएको हो। मनोरन्जन पुर्ण गीत लोकप्रिय गायिका रानी शाक्यको युट्युब च्यानलबाट प्रसारित छ भने अन्य डिजिटल spotify, amazon, deezer, tidal, itunes, tiktok, apple music, pandora मार्फत पनि गीत सुन्न सकिने छ। गीतको लागि तलको लिंक हेर्नु होला












