पश्चिम नेपालका चर्चित गायक कलाकार बिष्णु खत्री नेकपा माओवादी केन्द्र बागलुङको गलकोट नगर कमिटी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । सो पार्टीको बुधबार सम्पन्न प्रथम नगर अधिवेशनबाट गायक खत्री नगर कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि नेपाली लोक दोहोरी गायन क्षेत्रमा रहेका खत्री जनयुद्धकालदेखि नै माओवादी पार्टी समर्थित रहेका थिए ।
गायक खत्रीले भने–‘हो म हिजो सम्पन्न अधिवेशनबाट माओवादी केन्द्र गलकोट नगर कमिटीको उपाध्यक्षमा निर्वाचित भएको छु । ’ उनका अनुसार गलकोट नगर कमिटीको अध्यक्षमा तिलक उप्रेती निर्वाचित भएका छन् । उपाध्यक्ष खत्री पछि अरु दुई उपाध्यक्षमा गंगा भुजेल, ललिता श्रीस्, सचिवमा चन्द्रदत्त रेग्मी र कोषाध्यक्षमा कौशिला घर्ती सर्वसम्मत निर्वाचित भएका छन् । पदाधिकारीसहित ६५ सदस्यीय नगर कमिटी बनेको गायक खत्रीले जानकारी दिए ।











