प्रकाश न्यौपाने
माघ २१ गते
नवलपरासी
पश्चिम नवलपरासीमा रहेका सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन । अगामि शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निमार्ण गरिएको पाठ्यपुस्तक अनुसार पठनपाठन हुने भएको छ । स्थानीय पहिरन, भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदाको विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारिएको पालिकाहरुले जानकारी दिएका छन ।
सुनवल नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि ‘हाम्रो सुनवल’ नामक पुस्तक तयार पारेको छ । नगरभित्रका सामुदायिक र निजी विद्यालयमा यो पुस्तक अनिवार्य गरिएको छ । विज्ञसहितको समूहले एक वर्षसम्म अध्ययन अनुसन्धान गरेर पुस्तक तयार पारेको हो । सुनवल नामकरणको अवस्थादेखि जातजाति र खानपानसम्मको जानकारी यसमा समेटिएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताउनु भयो ।
तेस्तै बर्दघाट नगरपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गरि पाठ्यपुस्त निर्माण कार्य पनि अगाडि बढाएको छ । नगरपालिकाले तयार पारेको पाठ्यक्रम अनुसार बर्दघाट सेरोफेरो नाम दिईएको पुस्तक तयार हुँदैछ । नगरपालिकाले सुरुवातमा कक्षा १, २, ३ र ६ को पाठ्यपुस्तक तयार पार्ने काम भैरहेको छ ।पुस्तकको ममस्यौैदा तयार गरी पाठ्यपुस्तक बारेमा राय सुझाव संकलन समेत सम्पन्न गरिएको छ ।
पुस्तकमा सस्कृति, जातजाती, भाषा, भूगोल, पर्यटकिय तथा धार्मिक स्थलहरुलाई समावेश गरी १७ वटा पाठ तयार गरिएको छ ।
नगरपालिका भित्र भएका बिविधता, नगरको समग्र परिचयलाई बिधालय स्तरबाटै उठाउन गर्न सकियो भने बिधार्थीमा ज्ञानको बिकास मात्रै नभएर समग्र नगरको चिनारीका लागि पनि नगरले तयार पारेको पुस्तकले महत्वपुर्ण योगदान गर्ने नगरप्रमुख धिरज शर्मा बस्यालले बताउनु भयो । तयार गरिएको पाठ्यपुस्तकलाई बर्दघाट नगर भित्रका सम्पुर्ण सामुदायिक र निजि बिधालयमा लागु गरिने नगरप्रमुख बस्यालले बताउनुभयो ।












