हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यको परिवारलाई दुर्घटना बीमावापतको रकम हस्तान्तरण

प्रकाशित मिति:

भैरहवा, २४ माघ -हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको शेयर सदस्यको परिवारलाई दुर्घटना बीमावापतको रकम हस्तान्तरण गरिएको छ । सहकारीका शेयर सदस्य स्व. रामअवध कोहारको परिवारलाई बीमावापत १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।उक्त रकम शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड लुुम्बिनी प्रदेशका प्रमुख किरण काफ्ले हिमचुली सहकारीका अध्यक्ष बसन्त कुमार लाल कर्णलाई हस्तान्तरण गरेका हुन् ।

हिमचुली सहकारीले आफ्ना सम्पूर्ण शेयर सदस्यको दुर्घटना तथा मेडिकल बीमा गरेको र सोही बीमावापतको रकम हस्तान्तरण गरिएको सहकारीका सचिव दीपक घिमिरेले जानकारी दिए । उनका अनुुसार सहकारीले सम्पूर्ण शेयर सदस्यहरुको शिखर इन्स्योरेन्ससंग दुर्घटना/मेडिकल बीमा गरेको छ । भ¥याङबाट लडेर घाइते भइ उपचारका क्रममा निधन भएका सहकारीका व्यवस्थापक धर्मेन्द्र कोहारका बुवा रामअवधको परिवारलाई उक्त बीमावापत रकमको चेक हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिए ।

प्रदान गरिएको रकमले केही भए पनि परिवारलाई सहयोग पुग्ने उनको भनाइ छ । सहकारीले बचत संकलन र ऋण लगानी मात्र नभइ शेयर सदस्यको हितका लागि बीमा, राहत लगायतका सुविधा समेत प्रदान गर्दै आएको उनले बताए ।शिखर इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले हिमचुली सहकारीका शेयर सदस्यको दुर्घटना बीमावापतको रकम हस्तान्तरण गरिएको बताए । उनले भने, ‘यो रकम प्रयाप्त त छैन्, तर उहाँको बीमावापतको रकमले केही भए पनि परिवारलाई सहयोग पुग्छ ।’