समाजसेवी खेम पुनको मृत्यु

प्रकाशित मिति:

२५ माघ, बुटवल । बुटवलका समाजसेवी खेम पुन मगरको मृत्यु भएको छ ।खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक रहेका ६० वर्षीय पुनको मष्तिकघातका कारण उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

पुनले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि एक करोड रुपैयांको अक्षयकोष स्थापना गरेका छन् । त्यसको ब्याजबाट प्रतिष्ठानले करिब २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

मेडिकल शिक्षामा निःशुल्क कोटामा नाम निकाले पनि छात्रावास, पाठ्य सामग्री र खाने प्रबन्ध मिलाउन नसक्ने विद्यार्थीलाई प्रतिष्ठानले सहयोग गर्दै आएको छ ।