राष्ट्रिय युवा संघ नेपाल बुटवल शाखा कमिटी वडा ११ द्वारा मास्क बितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मधुसूदन नेपाल – राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर वडा न ११ द्वारा मास्क बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल शाखा कमिटी वडा न ११ को अध्यक्ष सुजन तुलाचनको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज क. राजेन्द्र ढकालको प्रमुख आथित्यतामा रुपन्देहीको  बुटवल उपमहानगर वडा न ११ (होराइजन चोक र बाणिज्य क्याम्पसको चोक) मा आज दुइ हजार पिस मास्क बितरण गरीएको कृष्ण कुमालले जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल अतिथि दिननाथ भट्टराई, मनोज गौचन , कृष्ण बहादुर कुमाल, सुदर्शन खाम्चा लगाएतले मन्तव्य दिदै कोभिड १९ संक्रमणको समयमा मास्क बितरण कार्य एक दमै सहानिय कार्य भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाइ निरन्तता दिन समेत आग्रह गर्नु भएको थियो । कोभिड १९ अझै पनि हाम्रो समुदाय स्तरमा रहेकोले यस्तो कार्यक्रमले रोगको नियन्त्रण तथा रोकथाम गर्नेमा हौसला प्रदान गर्नुका साथै समाजमा सकरात्मक चेतना पुग्ने बिश्वास गरीएको थियो । कार्यक्रम संचालक शाखा कमिटी सचिब राजकुमार बि. क. ले गर्नु भएको थियो ।

थप समाचार