दिप घर्तिर गलकोट- गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेका ५ विद्यालयहरुमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । सानो पाइला अभियानमा हातेमालो हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ अभियानको सुरुवातमा गलकोट नगरपालिका १० पाण्डबखानी अन्तरगत ५ विद्यालयमा ७५ र दोरपाटन नगरपालिका अन्तर्गत लुकुरबन माविमा १० गरि जम्मा ८५ पिस कपडा वितरण गरिएको अभियानका सह( संयोजक सुरेश छन्त्यालले जानकारी दिनुभएको छ ।
साथै उहाले हाम्रो अभियान निरन्तर चलिरहने हुदा छिट्टै यश अभियानलाई आधिकारिक रुपमा कम्पनी दर्ता गरि संचालन गर्ने र यस्तै विभिन्न क्षेत्रमा सहयोग गर्ने तयारी रहेको छन्त्यालले बताउनु भयो। कार्यक्रममा सम्पुर्ण शिक्षकहरुको प्रतिनिधित्व गर्दै नविन भावुक, वरिष्ठ समाजसेवी तथा विद्यालय व्यवस्था समितिका अध्यक्ष मानसिह छन्त्याल, कमला थापा, वडा सदस्य रामप्रसाद वि।क लगाएतले मन्तव्य राखेका थिए । मन्तव्य राख्दै सामान्य चिया गफबाट सुरुवात गरेको अभियानले आज ठुलो कार्य गरेको र महान कार्य थालनीको सफलताको शुभकामना व्यक्त गर्दै आगामीदिनमा यस्ता कार्य निरन्तरता दिन र आफ्नो स्थानबाट सहयोग गर्ने र गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा ५ विद्यालयका प्र।ह, जनप्रतिनिधि, विद्यालय व्यवस्था समितिका प्रतिनिधि, अभियानका सदस्य तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका सचिव दिप घर्ति लगाएतको सहयोगितामा भएको कार्यक्रमको संचालन अभियानका सदस्य ज्ञान श्रीसले गर्नु भएको थियो ।











