बुटवलमा एम.सी.सी. बिरुद्ध आठ राजनैतिक दलको बिरोध सभा

प्रकाशित मिति:

२६ माघ,बुटवल- अमिरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न आठ राजनैतिक दलहरुद्वारा बुटवलमा बिरोध स्वरुप कोणसभा गरेका छन।कोणसभालाई सम्बोधन गर्दैै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृतिले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताउनुभएको छ । कृतलिे एमसीसी मार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताउनु भएको छ । कांग्रेस, एमाले, माकेभित्रका दलाल र बाबुरामजस्ता दलालहरुलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिदै रुपन्देही इन्चार्ज कृतिले पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरुका लागी महंगो हुने बताउनुभयो ।

कोण सभालाई सम्बोधनकै क्रममा कृतिले देशको समसामयिक बिषयमा धारणा राख्दै सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको र यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने समेत बताउनु भयो । वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने बताउदै उहाँले विश्वमा राष्ट्रियताको समाधान श्रमिक वर्गको बल र कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्भव भएको बताउदै नेपालमा पनि यसको समाधान कम्युनिस्ट पार्टीले गर्नुपर्ने बताउनुभयो ।

कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले एमसीसी सम्झौतालाई समर्थन गर्नेहरु देशभक्त नेपाली नभएको भन्दै यो सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपालीहरु एक हुनुपर्ने बताउनु भयो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बद्रे आलमले एमसीसी सम्झौता देशको सार्वभौमसत्ता विरुद्ध भएको भन्दै यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताउनुभयो । नेकपा मालेका स्थायी समिति सदस्य गोपालमणि ज्ञवालीले नेपाली जनतालाई गठबन्धनसित कुनै सरोकार नभएको भन्दै एमसीसी खारेज गरेर देश जोगाउनुपर्ने बताउनुभयो ।

यसैगरी कोण सभामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रुपन्देहीका सचिव भगवती नेपालीले एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि भएको भन्दै यसले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले कांग्रेस, एमाले, माके राष्ट्रघाती पार्टी भएको भन्दै देशभक्त र राष्ट्रघातीहरुको धु्रवीकरण हुनुपर्ने बताउनुभयो ।राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसीले संचालन गर्नु भएको कोणसभामा कलाकार सौगात सायरले एमसीसी खारेजी सम्बन्धी गीत प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशव्यापी केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा कोणसभा गरेको हो ।