मधुसूदन नेपाल – हाम्रो असल छीमेकी नेपालले आफ्नो चौथो स्थापना दीवसको अवसरमा भोजन सेवा अर्पण कार्यक्रम सम्पन्न गरको छ । बुटवल स्थित मानव सेवा आश्रममा संस्थाका अध्यक्ष श्री राजु खत्रीको अध्यक्षतामा गरिएको उक्त कायक्रममा प्रमुख अतीथी बु उ न पा ११ का वडा अध्यक्ष/समाजसेवी रामचन्द्र खनाल , विशिष्ट अतीथी मानव सेवा आश्रमका सल्लाहकार सेर बहादुर गौतम, सस्थापक अध्यक्ष शङकर खनाल नीवर्तमान अध्यक्ष सुमन पोखरेलको आतीत्यथामा मानव सेवा आश्रममा बीहानी भोजन सेवा अर्पण कार्यक्रम गरेको छ ।
कार्यक्रमको सुभकामना मन्तव्य राख्दै प्रमुख अतीथी खनालले “सस्थाले गर्दै आइरहेका काम र मानव सेवा आश्रम जस्तो पवित्र ठाउँमा आएर कार्यक्रममा सहभागी हुन पाउँदा आफू खुसी भयको ब्यक्त गर्दै असल छिमेक नीर्माण गर्नलाई सस्था सधैं यसरीनै अगाडि बड्दै” जान आग्रह गर्नु भयो । मानव सेवा आश्रममा आएर यस पुनीत काम गरेको भन्दै मानव सेवा आश्रमका सल्लाहकार सेर बहादुर जी ले खुसी ब्यक्त गर्नु भयको थीयो। कार्यक्रममा संस्थापकअध्यक्ष नीवर्तमान अध्यक्ष लगायत ले सुभकामना मन्तव्य राख्नु भएको थियो। यसैगरी अध्यक्ष खत्रीले सस्थाले गर्दै आइरहेका कामहरु लगायत आगामी कार्यक्रमहरु सहीत मानव सेवा आश्रममा आउने दीनमा पनि सहयोग गर्नी प्रतीवद्दता जनाउनु भयको थीयो।
कार्यक्रममा सस्थाका महासचिव नारायण पोखरेल सदस्य रचना पान्डे ,श्रीकृष्ण बस्याल ,गणेश पङगेनी,आशीस पौडेलको लगायतको उपस्थितिमा उपाध्यक्ष सुशील भुसालको स्वागत मन्तब्य र सचिव रक्षा पौडेलको सन्चालन रहेको थीयो।














