लोसपाका जिल्ला उपाध्यक्ष र सचिब काङ्ग्रेसमा प्रवेश

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

माघ २७
नवलपरासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पश्चिम नवलपरासीलाई ठुलो झटका लागेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नवलपरासी पश्चिमका उपाध्यक्ष नागेन्द्र अग्रहरी र सचिव जयप्रकाश साहनीले मधेसको हितमा नेपाली काङ्ग्रेस पार्टी बाहेक अरु कुनै पार्टीले नरहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेता अग्रहरी र साहनीलाई बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन ।

अग्रहरी लोसपाको एक हुनाहार नेताको रूपमा चिनिथ्ये र नेता अग्रहरीले लोसपामा रहेर विभिन्न मधेस आन्दोलन,मधेसीहरुको हक अधिकारको रूपमा लड्ने एक मधेसी नेताको रूपमामा पश्चिम नवलपरासीमा आफुलाई पहिचान गराउनु सफल हुनु हुन्थ्यो ।

लोसपाका जिल्ला उपाध्यक्ष अग्रहरी र जिल्ला सचिव साहनीले लोसपा परित्याग गरेर काङ्ग्रेस पार्टीमा प्रवेश गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पश्चिम नवलपरासीमा मात्र नभई जिल्ला भरी एक किसिमको तरंग पैदा भएको छ ।

स्रोतको अनुसार नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य माननीय सांसद एवं पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कंडेलको पहलमा लोसपा जिल्ला उपाध्यक्ष अग्रहरीको नेतृत्वमा साहनी सहित मनोज गिरी, माया अग्रहरी र धिरज शर्मा पनि कांग्रेस प्रवेश गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।