तिर्थराज ज्ञवाली- घटना ब्यवस्थापन तथा आधारभुत सहायता सिप सम्वन्धि तिन दिने अभिमुखीकरण तलिम सुरु गरिएको छ ।ब्यकवार्ड सोसाईटि एजुकेसन बेसको आयोजनामा राप्ती गाउँपालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिहरुलाई अभिमुखीकरण गर्न सुरु गरिएको हो ।शुक्रवार गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, शिक्षा प्रमुख विश्वास विकको विशिष्ट आथित्यतामा घटना ब्यवस्थापन तथा आधारभुत सहायता सिप सम्वन्धि तिन दिने अभिमुखीकरण तलिमको उद्घाटन गरिएको छ ।तालिममा जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचान पश्चात उनीहरुलाई आवश्यक सहयोग तथा सेवा प्रत्यक्ष रुपमानै उपलब्ध गराउने वा अन्य उचित निकायमा सिफारिस गरी सोबाट सेवा पूर्ण रुपमा प्राप्त गराउने प्रक्रिया बारे जानकारी दिईनेछ । घटना व्यवस्थापनका लागि समन्वय, सहकार्य तथा अभिलेखीकरण गर्ने बारेमा समेत प्रशिक्षण गरिने भएको बेसका क्षेत्रिय सचिव पटवारी यादवले जानकारी दिनु भएको छ ।
तालिममा सहभागीहरुले बाल अधिकार, अवधारणा, विशेष अधिकार, बाल अधिकार सम्बन्धी कानुनी ब्यबस्था, बाल अधिकार सम्बन्धी महासन्धीमा ब्यबस्था भएका बाल अधिकार, बाल सहभागिता, बाल संरक्षण, विशेष संरक्षणमा रहेका बालबालिकाको आवश्यकता, संरक्षण र तिनको भूमिका, घटना ब्यबस्थापन र यसका चरणहरु, विपद् जोखिम तथा ब्यवस्थापन, स्थानिय तहमा बाल अधिकार र संरक्षण सम्बन्धी सवालहरु, र कार्य योजना जस्ता विषयमा दक्षता हासिल गर्ने बेस संस्थाकी समाज परिचालक चन्द्र कला रोकाले बताउनु भएको छ ।अभिमुखीकरण तलिममा बालबालिकासंग सम्बन्धित विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने क्रममा कुनकुन निकायले के के प्रक्रियाहरु पुरा गर्नुपर्छ भन्ने विषयबारे जानकारी गर्दै बालसंरक्षणलाई सम्बोधन गर्ने पहिलो तथा अत्यन्तै महत्वपूर्ण प्रक्रिया, बालसंरक्षणसंग सम्बन्धित सबै सरोकारवालाहरुको क्षमतामा अभिबृद्धि गर्दै व्यवस्थित, उत्तरदायी र समन्वयात्मक प्रणाली, बालसंरक्षण प्रणालीभित्रको अत्यावश्यक कार्य भएकाले यसले बालबालिका विरुद्ध हुने दुव्र्यवहार,हिंसा, शोषण र अपहेलनालाई तत्काल सम्बोधन गर्ने विषयमा जानकारी गरिने बेस संस्थाकी समाज परिचालक खगिसरा खड्काले बताउनु भएको छ ।
बालबालिकाको समस्यालाई सरल तरिकाले र बालअधिकार सम्मत ढंगले सम्बोधन गर्न, जोखिममा परेका बालबालिकालाई सहयोग गर्दै उनीहरुलाई पहिलेकै सामान्य अवस्थामा पु¥याई बालअधिकारको पूर्णरुपमा प्रत्याभूत गराउन, बालबालिका तथा उनीहरुको परिवारमा आत्मविश्वास बढाई दक्ष मानव संसाधन तथा मानव पुँजीको निर्माणमा टेवा पु¥याउन, बालसंरक्षण सम्बन्धी नीति र व्यवहारबीचको पस्रकलाई न्यूनीकरण गर्न घटना व्यवस्थापन गरिने गरिन्छ ।कार्यक्रममा संरक्षण तथा सहयोगको आवश्यकतामा परेका तथा जोखिममा रहेका बालबालिका तथा परिवारको पहिचान भएपछि बालबालिकामाथि रहेको जोखिम तथा समस्याको उचित सम्बोधनका लागि घटना व्यवस्थापनको आवश्यकता रहेको जानकारी गरिने छ ।











