सैनामैनामा ‘एक शिक्षक एक ल्यापटप’ वितरण

प्रकाशित मिति:

सुरेश परियार,फाल्गुन २ गते-रुपन्देहीको सैनामैनामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण भएको छ । लागत साझेदारीमा सैनामैनाका १७ विद्यालयका १६० जना शिक्षकहरुलाई एक एक थान ल्याप्टप वितरण भएको शिक्षा शाखाका प्रमुख हेमराज अर्यालले जानकारी दिए । शैक्षिक पठनपाठन अव प्रविधिमैत्री हुनुपर्नेमा जोड दिदैँ सामुदायिक विद्यालयका शिक्षकहरुको २५ प्रतिशत तथा सैनामैना नगरपालिकाको ७५ प्रतिशत साझेदारी लागतमा ल्याप्टप खरिद गरिएको हो । सैनामैनाका पर्रोहा मावि,रामापुर मावि,पशुपति मावी,सैनामैना मावि,दुर्गा भवानी मावि,पश्चिम पर्रोहा मावि,सरस्वती मावी,मलमला मावि,कोटीयादेवि मावि,जनकल्याण माविलाई वितरण गरिएको छ ।

त्यस्तै,जनज्योति आधारभुत विधालय,महेरवा आधारभुत विद्यालय,जनचेतना मावि,राष्ट्रिय मावि,कालिका मावि गरि १७ वटा विद्यालाई वितरण गरिएको हो । करिब एक करोड २० लाख ९५ हजार ५ सय २० रुपियाँमा १६० थान ल्याप्टप खरिद गरिएको थियो ।वितरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की शिक्षा क्षेत्रको श्रीबृद्धिका लागी नगरपालिका लागि परेको बताए ।चालु आर्थिक वर्षमा पनि कुल बजेटको एक तृतियाशं बजेट शिक्षामा लगानी गरेको बताउदै अवको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमाा जोेड मेयर कार्कीको छ ।

मेयर कार्कीले एक शिक्षक एक ल्यापटप,एक कक्षा कोठा एक प्रोजेक्टर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गरिन सकिने ठोकुवा गरे ।शिक्षा मात्र नभई भौतिक पुर्वाधारमा समेत नगरपालिकाले उल्लेखीय प्रगति गरेको मेयर कार्कीको भनाई छ । कार्यक्रममा सैनामैना नगरपालिका उपमेयर विना मगर,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर तिवारीको आतिथ्यता रहेको थियो । शिक्षकहरुले ल्याप्टप पाए संगै हौसिएका थिए ।

थप समाचार