एमसीसी पारित गर्नेरनगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना ९एमसीसी० स‌ंसदले नै निर्णय गर्ने बताएका छन् ।कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले संसदले पारित गरे पनि नगरे पनि संसदकै जिम्मामा दिनुपर्ने बताएका हुन् ।

‘संसद जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे निर्णय दिने ठाउँ नै संसद हो, उनले भने, ‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’,एमसीसी अध्ययन नै नगरी आलोचना गरिएको प्रधानमन्त्री देउवाको बुझाइ छ।

थप समाचार