माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु

प्रकाशित मिति:

माल्टा/माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको गैर आवासीय नेपाली संघ ९एनआरएनए० माल्टाले जनाएको छ ।माल्टाको एल्डो मोरो सडकमा बिहान ११ स् ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । माल्टा प्रहरी प्रारम्भिक अनुसन्धानबाट, बोर्मलाका ५६ वर्षीय पुरुषले चलाएको डफ ट्रक केन्द्रीय पट्टीमा ठोक्किएर पल्टिएको निष्कर्ष निकालेको छ।

मोटरसाइकल चालकलाई घटनास्थलमा नागरिक सुरक्षा विभागका सदस्य र मेडिकल टोलीले सहयोग गरेका थिए । उनलाई एम्बुलेन्समा मेटेरदेई अस्पताल लगिएको केही बेरमै चिकित्सकले मृत्यु भइसकेको बताएका थिए।उनी खाना ढुवानी गर्ने कुरियरको काम गर्दै आएका थिए । एनआरएनए माल्टाले श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको निधन भएको ठाउँमा दीप प्रज्वलन गरेको छ ।शव नेपाल पठाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको एनआरएनएले जनाएको छ।

थप समाचार