टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्सले बुटवल क्षेत्रमा रहने ईकाेनमि सेगमेन्टका (रेडियन र स्ट्राईकर) ग्राहकवर्गलाई मध्यनजर गरेर माईलेज टेस्टकाे कार्यक्रम गर्न लागेकाे जगदम्बा माेटर्सका क्षेत्रीय सर्भिस ईन्जिनियर चिरञ्जीवी चाैधरिले जानकारि दिए।
कार्यक्रमकाे पुर्व सन्ध्यामा सम्पुर्ण ग्राहकलाई ट्राफिक प्रहरी संगकाे समन्वयमा मणिग्राम देखि तामनगर सम्म र्यालि सम्पन्न गराएकाे थियाे भने प्रत्येक ग्राहकलाई पुरस्कारकाे समेत ब्यबस्था गरिएको चाैधरिले जनाए।फागुन ७ र ८ गते टिभिएस बुटवलकाे सर्भिस सेन्टरमा पुराना रेडियन तथा स्ट्राइकर ग्राहकका लागि माईलेज टेस्ट, निशुल्क सर्भिसिङ्ग(लेवर चार्ज फ्रि), स्पेयर्समा १०% छुट, ल्युबमा १०% छुटकाे ब्यबस्था गरिएकाे कमपनिले जनाएकाे छ।
र कुनै पनि आफ्नाे पुरानाे रेडियन तथा स्ट्राइकर साटेर नया टिभिएस माेटरसाईकल तथा स्कुटर चढ्न चाहाने ग्राहक महानुभावहरुलाई उचित मुल्यांकन गरि तुरुन्तै साटफेर गराईदिने साथै विशेष उपहार तथा छुटकाे प्रबन्ध मिलाईएकाे जगदम्बा माेटर्सका क्षेत्रीय बिक्रि प्रमुख धनिराम भुसालले जानकारि दिए। टिभिएसले आफ्ना ग्राहकलाई बिशिष टेक केयर गर्दै आई रहेकाे भन्दै र्यालिमा सहभागी उपभोक्ताहरुले टिभिएस ब्रान्ड तथा ब्यबस्थापन पक्ष प्रति निकै हाैसला बढाएका थिए।












